BSC FM live


ताप्लेजुुङमा दुई दिनमा तीन महिलाको मृत्यु


ताप्लेजुङ, २७ साउन  — लडेर र खोलाले बगाएर दुई दिनमा तीन महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सिरिजंघा-४ तेल्लोक, आठराइ त्रिबेणी गाउँपालिका-३ हाङपाङ र पाथीभरा याङवरक गाउँपालिका-१ थुम्वेदिनमा मृत्यू भएको हो ।

 

तेल्लोक निवासी ४७ वर्षीया सिता भट्टराई छिमेकी पूर्ण पराको घरमा घिउ पुर्‍याउन गएर फर्कने क्रममा नागदेव खोलाले बगाउँदा मृत्यु भएको प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले बताए । साँझ अवेरसम्मपनि घर नफर्किएपछि खोजी गर्ने क्रममा उनलाई खोला किनारमा मृत भेटिएको थियो । हाङपाङ मिचिरिङको गोरेटो बाटोमा हिँड्ने क्रममा लडेर घाइते भएकी बन्दिका आङबुहाङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते अवस्थामा फेला परेकी उनलाई उपचारका लागि स्थानीय स्वास्थ्यचौकीमा लगिएको थियो । यता, थुम्वेदिनको मित्तेला कुवामा पानी भर्नगएकी ६७ वर्षीय भरिमाया भण्डारीको पनि लडेर मृत्यु भएको छ । लडेर बेहोस अवस्थामा भेटिएकी उनको मृत्यु भएको प्रहरीले जनाएको छ । तीनै जनाको शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले बताए
kantipurdaily
हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी