BSC FM live


पाँचथरमा तथ्याङक खोज्दै जिल्ला स्वास्थ्य


२७ साउन ,- पाँचथरमा पहिलो पटक डेंगु रोगका बिरामी भेटिएका छन । दुई साता यता त्यस्ता बिरामी भेटिन थाले पछि प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयले जिल्लाको अवस्थाबारेमा चासो राखेको छ । जिल्ला स्वास्थ्य कार्यालय पाँचथरलाई पत्राचार गर्दै अवस्थाबारेमा जानकारी लिएको हो । मन्त्रालयले पत्राचार गरे पछि जिल्ला स्वास्थ्य कार्यालय तथ्याङक संकलनमा लागेको छ ।
पहाडी इलाकामा पहिलो पटक यस्तो संक्रमण भेटिएको हो । फिदिममा जिल्ला स्वास्थ्य कार्यालयले पत्रकार सम्मेलनको आयोजना गर्दै दिएको जानकारी अनुसार हालसम्म ३ हजार ४ सय २५ जानमा त्यस्तो संक्रमण देखिएको छ । यो संख्या मोरङ, सुनसरी, झापा सहितका जिल्लाको हो । भेटिएका संक्रमित मध्ये मोरङका मात्रै तीन हजार रहेका छन । पछिल्लो समय पाँचथरमा ५ जनामा त्यस्तो संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
आम नागरिकमा डेंगु संक्रमणका बारेमा गलत धारणा रहेको पाइएको छ । यो रोग भयङकर डरलाग्दो हो भन्ने भ्रमका कारण समस्या भइरहेको स्वास्थ्यकर्मीहरुले बताएका छन । यो सामान्य संक्रमण हो । समयमा उपचार गराए निधान गर्न कुनै समस्या छैन । जिल्ला स्वास्थ्य कार्यालयका पाँचथरका तेजबहादुर तुम्बापोका अनुसार अहिले जिल्ला स्वास्थ्य कार्यालय संक्रमण यही भएको हो या बाहिर गएर फर्किएकाहरुमा भएको हो भन्ने खोजिमा छ ।
यस अघि भेटिएका केही संक्रमित फिदिम तराईबाट फर्किएकाहरु रहेकाले थप हुनेहरु पनि सोही अवस्थाका छन या यहीँ संक्रमण भएको हो भन्ने खोजि भइरहेको छ । यहीँ नै रहेकाहरुमा भेटिए समस्या समाधानका लागि लामखुट्टे खोज र नष्ट गर अभियान चलाउनु पर्ने अवस्था छ । सोही तयारीमा जिल्ला स्वास्थ्य कार्यालय पुगेको छ ।
यो रोग बिशेष गरेर एडिस एजिप्टाइ जातको लाम्खुट्टेको टोकाइबाट लाग्ने गर्छ । सुनसरीको धरान सहितका क्षेत्रमा लामो समय सम्म संक्रमण भएको थियो । संक्रमण हालसम्म पनि नियन्त्रणमा आएको छैन । जिल्लामा संक्रमण भए के गर्ने भन्ने कार्य पहिलोपटक सुरु गरिएको हो । अहिले स्वास्थ्य कार्यालय बास्तबिकता पहिचानको चरणमा रहेको बताइएको छ ।
लाम्खुट्टेले टोकेको तीन महिना सम्म शरिरमा त्यसको संक्रमण देखिने हुन्छ । मुख्य गरेर एक्कासी ज्वरो आउनु, ज्वरो पाँच सात दिन सम्म रहनु, आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्नु, शरिर कटकटी दुख्नु लगायत डेंगुका लक्षण हुन ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी