BSC FM live


रियल मड्रिड रोमासँग स्तब्ध


२७ साउन, – स्पेनिस क्लब रियल मड्रिड मैत्रीपूर्ण खेलमा रोमासँग पराजित भएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिड रोमासँग पेनाल्टी सुटआउटमा पराजित भएको हो ।

निर्धारित समयसम्म २-२ गोलको बराबरी खेलेको रियल पेनाल्टीमा भने ५-४ ले पराजित हुन पुग्यो ।

खेलमा सुरुवाती अग्रता भने रियलले बनाएको थियो । खेलको १६ औं मिनेटमा नै मार्सेलोले गोल गर्दै अग्रता दिलाएका थिए । तर ३४औं मिनेटमा डिएगो पेरोटीले रोमाका लागि गोल गर्दै १-१ को बराबरीमा ल्याएका थिए ।

३९औं मिनेटमा रियलका लागि कासिमिरोले गोल गर्दै २-१ गोलको अग्रता दिलाए । तर ४० औं मिनेटमा रोमाले गोल गर्दै २-२ गोलको बराबरीमा ल्यायो । यो पटक भने इडिन डिजकोले गोल गरे ।

पहिलो हाफमै २-२ गोल भएको खेलमा दोस्रो हाफमा भने दुवै टिमले गोल गर्न सकेनन् । त्यसपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टीमा भने रियल ५-४ ले स्तब्ध बन्यो ।

onlinekhabar

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी