BSC FM live


विर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा विष्फोट


२७ साउन, –  झापाको विर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा बम विष्फोट भएको छ । तीनवटै वडाको कार्यालय रहेको गरामनीस्थित एक भवनमा सोमबार बिहान साढे चार बजेतिर ठूलो आवाजका साथ बम विष्फोट भएको हो ।

विष्फोटबाट वडा कार्यालय रहेको भवनमा क्षति पुगेको छ । चारआलीस्थित नेपाली सेनाको ब्यारेकबाट बम डिस्पोजल टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।

 जिल्ला प्रहरी कार्यालय झापाका एसपी दिनेशराज मैनाली नेतृत्वको टोली पनि भद्रपुरबाट घटनास्थल प्रस्थान गरेको छ ।

बम विष्फोट कसले गरायो भन्ने नखुलेको झापा प्रहरीले जनाएको छ । यद्यपि वडा कार्यालयहरुमा विप्लव समूहले लक्षित गर्दै आगजनी र विष्फोट गराउँदै आएको छ ।

यसअघि रामेछापको मेलम्ची नगरपालिकाको १० नम्बर वडा कार्यालयमा पनि आगजनी भएको थियो ।

आइतबार रातिमात्रै दाङको बंगलाचुली गाउँपालिका र कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्ष चढ्ने गाडीहरुमा आगजनी भएको थियो ।

onlinekhabar
हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी