BSC FM live


संपादकीय: काममा ढिलाई गर्नेलाई कार्वाहि


पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पूर्वी खण्डका पाँच स्थानमा पुल, सडक निर्माणका ढिलाईका ठेक्का कार्वाहिमा परे । काममा बिलम्ब गर्ने ठेकेदारहरुलाई १ करोड २२ लाख बराबरको जरिमाना भयो । फिदिममा रहेको मध्यपहाडी लोकमार्गको कार्यालय फिदिममा पाँचथरको चिवाभञ्याङदेखि भोजपुरको चखेवासम्मको खण्डको काममा पटक पटक ताकेता गर्दा पनि काम नगर्ने ठेकदारलाई कार्वाहि गरेको हो ।
यो कार्वाहिले ठेकेदारहरुलाई केहि सचेतता जागरुप हुनु पर्ने हो । नेपालको विकास क्रमलाई ठुलो असर ठेकेदारको काम गर्ने चलनले पारेको छ । ठेकेदारहरु समयमा काम नगर्ने र कर्मचारीहरुले मिलेमतो गर्ने रोगका कारण समग्र विकास प्रक्रियामा ठेस पुगिरहेको निर्मम सत्य हामी माझ रहेको छ ।
समयमा काम नगर्ने र गुणस्तरीय कामको अभावमा समग्र विकासको प्रक्रियामा असर पार्ने गरेको छ । पाँचथरका विभिन्न ठाँउमा सञ्चालन भएका विकास योजनाको विगत र बर्तमान हेर्नेहो भने निक्कै दिक्क लाग्दो देखिन्छ । मोभिलाईजेसन बापत रकम लिएर लामो समयसम्म काम नगर्ने, विभिन्न बाहानामा म्याद थप्ने र म्याद थप्न कर्मचारीलेनै सहयोग गरे कारणले विकासको पथ समस्याको उल्झन देखिन्छ ।
ठुला तथा साना विकास योजनामा समयमा काम सकाउनकालागि सरकारी तवरबाट विशेष पहल हुनु पर्छ । निर्माण व्यवसायीहरु पनि जिम्मेवार बन्नु पर्छ । काममा आलटाल गर्ने, गुणस्तरमा ख्याल नगर्ने ठेकदारहरुलाई म्याद थप्ने भन्दा पनि कानुन अनुसार कार्वाहि गर्ने तर्फ ध्यान पुग्न जरुरी छ । यस तर्फ स्थानीय, प्रदेश र केन्द्रीय सरकारले ध्यान दिनु आवश्यक छ ।
सानादेखि ठुला योजनमा काममा लापवार्हि भेटिने गर्छ । काममा आलटाल ठुलो समस्या छ । लोकमार्गको आयोजना कार्यालयले कार्वाहिको जुन काम थालेको छ आगामि दिनमा पनि यो कामलाई अरुले पनि अगाडी बढाउनु आवश्यक देखिन्छ । यो बेला विकासलाई प्रभावकारी रुपमा कार्यान्वय गर्ने हो । स्थानीय तहसम्मै ठेकदारमार्फत काम गर्ने गरीन्छ । अब व्यवस्थीत रुपमा कामलाई अगाडी बढाउन आवश्यक छ ।
योजना निर्माण गर्नेले पनि प्राथमिकता निर्धारण गर्न आवश्यक छ । एउटै मेसिन, एउटै ग्यारेन्टी र एउटै जनशक्ति देखाएर विभिन्न ठाँउमा ठेक्का लिने परम्परालाई रोक्न आवश्यक छ । समयमा काम नगर्ने र गुणस्तरीय काम नगर्ने ठेकेदारलाई कार्वाहि गर्नु को विकल्प छैन । तर पैसाकालागि दुखदिने कर्मचारीको पनि भण्डाफोर आवश्यक छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी