BSC FM live


संपादकीय: सरसफाइलाई संस्कारको रुपमा विकास गरौं



केहि दिन अगाडीबाट फिदिम नगरपालीका केहि नगर कर्मचारीहरु फिदिम बजार भित्र बढारी रहेको देख्न सकिन्छ । नगर सरसफाइमा खटेको देखिन्छ । यो एकदम राम्रो कार्यको थालनी भएको छ । धुलो नियन्त्रण गर्ने बजार सरसफाइमा नगरपालीकले गरेको कार्यले स्थानियहरुमा खुसी समेत छाएको पाइन्छ ।
हिउँदको नलागीनै दिउसोको समय सवारीहरुको कारण सडकहरुमा उडेको धुलोहरुले नगरबासि मुख थुनेर हिड्नु पर्ने अवस्था आएको छ । फिदिम नगरपालीकालेले सरसफाइ संगै नगर सफा राख्नु पर्ने चेतना नगरबासिमा आभास गराउने खालका कार्यक्रम गर्न जरुरी रहेको छ । बजार सफा गर्ने कार्य नगरपालीको मात्र हो भन्ने सोचाइ नगरवासिमा रहेको पाइन्छ । आफ्नो घर अगाडी सधै आफै सफा राख्ने गरेमा नगर खासै फोहोर हुदैन । सरसफाइलाइ संस्कारकोरुपमा बिकास गराउने खालको कार्यक्रम नगरपालीकाले गर्न आवश्यक रहेको देखिन्छ ।
प्रत्येक घर सफा भए पछि टोल सफा हुन्छ, टोल सफा भए पछि नगर सफा हुन्छ । नेपालमा सरसफाइ अभियानहरु धेरै वर्ष अगाडीबाट निरन्त सञ्चालन भएको छ । तर ति अभियानबाट खासै उपल्बधि भएको पाइदैन । ति अभियानहरु अझै पनि धेरै गै.स.सहरुको कमाइ खाने भाडोमात्र बनिरहेका छन् ।
सरसफाइ अभियान भन्दा पनि संस्कारको रुपमा बिकास गर्न जरुरी छ । सरसरफाइ हाम्रो दैनिकी संग जोड्न आवश्यक छ । सरसफाइ गर्नै पर्छ भन्ने चेतना सबै नागरीकको दिमागमा भए पछि कुनै पनि अभियानको जरुरी पर्दैन ।
दशकैंबाट चलीरहेको यो सरसफाइ अभियानबाट ठुलो प्रगती भएको देखिदैन । दशवर्ष अगाडी पनि सोहि प्रकारको अभियान र अहिले पनि सोहि प्रकृतिको कार्यक्रमबाट केहि अपेक्षा गर्न सकिदैन । समय फेरीएको छ, मानिसहरुको चेतनाको स्तर माथि उठेको छ । मान्छेहरुको दैनिकी फेरएिको छ,आर्थिक अवस्था सुधार भएको छ । त्यसैले अब कार्यक्रमको प्रकृति पनि फेरीनु पर्छ । कार्यक्रमहरु पनि समयसापेक्ष निर्माण गरिनु पर्छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी