BSC FM live


बगरजस्तो सडक


टुडे संवाददाता / पाँचथर, २४ साउन
जिल्लाको उत्तरी याङवरक गाँउपालिकाको थर्पु देखि कावेली खोलासम्मको ग्राबेल सडक व्यवस्थाका कारण क्षतविक्षत भएको छ । सडकमै पानी बग्दा ग्रावेल उक्किएर सडक लथालिङ बनेको हो । थर्पु बजारदेखि खोलासम्मनै सडकमा कुलो झै पानी बग्छ । नाली निर्माण तथा स्थानीयबासीको खेतका लागि सिचाई कुलो निर्माण नगर्दा सडकमा पानी बगेको छ ।
पानी पर्दा भेलनै सडकमा आउेन गरेको छ । ताप्लेजुङका विभिन्न गाँउ जाने सडक भएपनि सडकमा कुलो झै पानी बग्न नदिन कसैले प्रयास गरेको देखिदैन । सडक थङथीलो हुने अवस्था आउदा पनि स्थानीय याङवरक गाँउपालिकाको ध्यान पुगेको देखिदैन । सडकको नाली तथा सिचाई कुलो बनाएर सडक जोगाउन सकिने भएपनि ध्या पुगेको देखिदैन । सानो सावधानी नगर्दा ठुलो क्षती भएको छ । थर्पु बजारदेखि खोलासम्मको ८ किलोमीटर खण्डको ग्रावेल पानी बगाएको छ । बजारदेखि खोलनजिकसम्मनै सडकमा कुलोको पानी बग्छ । स्थानीयले यहि सडकबाट बगेको पानी प्रयोग गरेर खेत रोपेका छन् । सडक निर्माण हुँदा कुलो विगारेपछि यस्तो समस्या आएको स्थानीयबासि बताउँछन् ।
पानीले सडकलाई जोखिमयुक्त बनाएको छ । ठुला ठुला खाल्डा बनाएको गाडी चलाउनै समस्या हुने गरेको छ । यत्रो समस्या हुँदापनि समधानकालागि गाँउपालिकाले ध्यान दिएको देखिदैन । ‘पानी झरि पर्यो भने छिमेकीकोमा जान्छौँ । माथि थर्पु बजारदेखिको भल आउछ । कतिभन्दा पनि कसैले सुनेन । सडकले टर्निङ हानेर जग्गा लग्यो । यता पानीले उठिबास लगाउला जस्तो छ’सालबोटेकी ७१ ब्र्षिय हरिमाया लिङदेनले भनिन् ‘हाम्रो दुख कसैले देखेन ।
यो सडकमा ग्राबेल लगाएर पेलिएको थियो । निक्कै राम्रो सडक भएपनि अहिले थङथिलो छ । यो इँवा खोला जलविद्युत आयोजना र कावेली वि–१ आयोजनाको पहुँच मार्गको रुपमा रहेको छ । आयोजनाको निर्माणको क्रममा मर्मत सम्भार गरीएपनि यि आयोजनाको काम सकिएको छ । यो सडक भएर ताप्लेजुङ विभिन्न गाँउमा दजर्नौ गाडी चल्ने भएपनि समस्या समाधानको पहल भएको देखिदैन । ताप्लेजुङ सिनाम, खाम्दीम्बे, तेल्लोक लगायतका दजर्नौ गाँउ यहिभएर सडक जान्छ । यतिमात्र हैन कञ्चनजंगा बेस क्याम्पजाने बाटोको रुपमा पनि रहेको छ ।
पानी बगेर सडक बगरझै भएको छ । सडकका बिचमा ठुलो ठुलो ढुंगा निस्किएका छन् । गाँउलेहरु यहिबाटोमा बगेको पानीबाट खेतबारीमा सिचाई गरेका छन् । यहाँ प्रसस्त खेत रहेको छ । सडकबाटै पानी बगाएर खेती रोप्ने तथा धानमा सिचाई गर्ने काम भएको छ । ‘नाली नहुदा बाटोमात्र हैन छेउछाउको जमिनको पनि क्षती भयो । खै कसैले बनाउने पहल गरेको देखिदैन’ स्थानीय सकुन योङहाङ भने ‘पिच जस्तो बाटो थियो, अहिले बगरजस्तो भयो ।’

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी