BSC FM live


इवाँ खोला जलविद्युत आयोजना पुरा, दश मेगावट थपिदै


टुडे संवाददाता/ पाँचथर, २४ साउन
९ दशमल ९ मेगावट क्षमता भएको इँवा खोला जलविद्युत आयोजनाको काम पुरा भएको छ । जिल्लाको याङवरक गाँउपालिकामा निर्माणाधिन आयोजना विद्युत उत्पादनलागि तयार भएको प्रवद्र्धक रैराङ हाईड्रो पावर कम्पनीले जानकारी दिएको छ । अबको केहि दिनमै परिक्षण प्रसारण गर्ने तयारीमा भईरहेको छ ।
‘आयोजनको काम सकेर आन्तरीक परिक्षण समेत सकियो । आन्तरीक परिक्षण सफल भएको छ । विद्युत उत्पादनकालागि हामि तयार भएका छौँ । विद्युत प्राधिकरणले अनुमती दिएपछि परिक्षण प्रसारण सुरु हुन्छ’ आयोजना प्रमुख कुवेरमणि नेपालले भने ‘यहि हप्ताबाट परिक्षण प्रसारण सुरु हुने छ । अत्याधुनिक मेसिनको प्रयोग गरि आयोजना निर्माण गरेका छौँ । यो आयोजनाबाट केन्द्रीय प्रसारणमा केहि सानो भएपनि योगदान पुग्ने छ ।’
यहाँ उत्पादन भएको विद्युत ३३ केवीए प्रसारण लाईनबाट कावेली वि–१ आयोजना नजिकै बनाईएको ‘पुलिङ हाउस’बाटभएको ठाँउबाट १ सय ३२ केविएमा रुपान्तरण गरिने जानकारी दिएको छ । दुई जलविद्युत आयोजनाको विद्युत एकैठाँउ बनाएर केन्द्रीय प्रसारणमा पठाउने नयाँ अभ्यास गर्न लागिएको नेपालले जानकारी दिए । पुलिङहाउस भएको ठाँउबाट विद्युत प्राधिकरणको अमरपुर सवस्टेशनसम्मको प्रसारणलाईनबाट केन्द्रीय प्रसारणमा जडान हुने छ । आयोजनाको इँवा–कावेली दोभानबाट साढे नौ किलोमिटर प्रसारण लाईनका माध्यमबाट विद्युत प्राधिकरणको सवस्टेशनमा विद्युत जडान हुने छ । पुलिङ हाउसमा कावेली वि–१को विद्युत पनि जोडेर केन्द्रीय प्रसारणमा लगिने छ । कावेली वि–१ पनि अन्तिम चरण पुगेको बताइएको छ ।
परिक्षण प्रसारण भएको पन्ध्रदिनपछि व्यवसायिक उत्पादन हुने नेपालले जानकारी दिए । यो आयोजना १ अर्ब ८५ करोडमा सम्पन्न भएको नेपालले जानकारी दिए । कावेली प्रसारण लाईनको ढिलाईले गर्दा निर्माण अवधि लम्बिदा लागतमा बढोत्तरी भएको उनको भनाई रहेको छ । प्रतिकिलोबाट १६ करोडमा सक्ने योजना भएपछि आयोजनाको सम्पन्न हुने मिति लम्बिएका कारण लागत बढेको उनले जानकारी दिए ।
यो आयोजना २०७३ मंसिरबाट सुरु भएको थियो । २०७५ जेठमा सक्ने गरी काम अघि बढाइएको थियो । याङवरक गाँउपालिकाको इवा–शिवा दोभानमा ६० मिटर लामो बाध बाधि ३ दशमलव २ किलोमीटर पाईप लाईन मार्फत कावेली–शिवादोभानको दाहाल गाँउमा रहेको पावर हाउसमा पानी खसाइएको छ । आयोजनको २ सय ५६ मिटर पेनस्टक र १ सय १ मीटर हेड रहेको छ ।
यो आयोजना निर्माणकालागि ७० प्रतिश बैँकको ऋण रहेको छ । बाँकि ३० प्रतिशत प्रवद्र्धक कम्पनी, स्थानीयबासि र सर्वसाधारणको सेयर रहेको छ । बैँक अफ काठमाण्डौँको नेतृत्वमा पाँचवटा बैँकले ऋण लगानी गरेका छन् । यो आयोजनाबाट अबको केहि दिनमै केन्द्रीय विद्युत प्रणालीमा ९ दशमलव ९ मेगावट विद्युतको योगदान पुग्ने छ । लेकाली क्षेत्रबाट आएको खोल भएकाले सुख्खायाममा पनि पानी धेरै नघट्ने आयोजना प्रमुख नेपालले बताए ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी