BSC FM live


रहेनन् ‘मुसुमुसु हाँसिदेऊ न लैलै’ का गायक नोर्देन भुटिया ।।।


साउन २१,- सन् २००६ देखि घाँटीको क्यान्सरले थला परेका हिमालयन ब्याण्डका संस्थापक गायक, संगीतकार तथा गीतकार नोर्देन तेन्जिङ भुटियाको बेलायतको अल्डरसटस्थित निवासमा सोमबार निधन भएको छ । श्रीमतीसहित दुई छोरी र एक छोराका पिता नोर्देन तेन्जिङ सन् १९८२ मा ‘फर्की हेर मेरो जीवन’ गीतबाट आफ्नो गायिकी जीवनको सुरुवात गरेका थिए ।

उनका गाजलुले आँखा छोप्ने, मुसुमुसु हाँसिदेउ न लैलै, मायाले माया गाँसी देउ, कहाँ तिम्रो मायालुलाई छाडिराख्यौुं, फर्की हेरेँ, चिसो बतासले, मलाई धेरै धेरै माया चाहिन्छ लगायतका गीत लोकप्रिय छन् । उनले सन् १९७१ मा बेलायती सेनामा भर्ती भएपछि सन् १९७३ मा साथीहरु विजय थापा लगायतसँग मिलेर ‘हिमालय ब्यान्ड’ खोलेका थिए । सन् १९५० मा भारतको खर्स्याङमा जन्मिएका भुटियाको ६९ वर्षको उमेरमा निधन भएको हो ।

 

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी