BSC FM live


उत्तर कोरियाले गर्‍यो दुई वटा क्षेप्यास्त्र प्रक्षेपण


२१ साउन,- उत्तर कोरियाले पुनः दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। दक्षिणी हवाङ्गहाइ प्रान्तबाट समुद्रतर्फ लक्षित गरी मंगलबार विहान दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियालीले सेनाले जनाएको छ। उत्तर कोरियाले पछिल्ला दुई सातायता चार वटा क्षेप्यास्त्र प्रहार गरिसकेको छ। प्रक्षेपण गरिएका मिसाइल कस्ता खालका हुने भन्ने खुलेको छैन। अमेरिकाले भने क्षेप्यास्त्रका बारेमा निरीक्षण र अनुगमन भइरहेको जनाएको छ।अमेरिकाले दक्षिण कोरिया र जापानसँग पनि यसबारे परामर्श भइरहेको जनाएको छ। अमेरिका र दक्षिण कोरियाले सोमबारदेखि सुरु गरेको संयुक्त सैन्य अभ्यासका विषयलाई लिएर उत्तर कोरिया आक्रोसित हुँदै आएको छ। अमेरिका र दक्षिण कोरियाबीच वार्षिक रुपमा हुँदै आएको सैन्य अभ्यास यो वर्ष भएका थिएन। तर अहिले पुनः सैन्य अभ्यास सुरु भएपछि अमेरिकी राष्ट्रपति र दक्षिण कोरियाली राष्ट्रपतिसँग भएको सम्झौताको उल्लंघन गरेको उत्तर कोरियाले आरोप लगाएको छ। सोही सैन्य अभ्यासको जवाफ मिसाइल प्रक्षेपणबाट उत्तर कोरियाले दिएको अनुमान गरिएको छ।

thahakhabar

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी