BSC FM live


आयोजनाको आसपासमा विद्युतिकरणको काम अगाडी बडाउने तयारीमा छौँ: दिपेन्द्रराज दिबेदी


गिरिराज बाँस्कोटा

करिव एक दशक पहिला सुरु भएको कार्य यसै सात पुरा भएको छ । इलाम, पाँचथर, ताप्लेजुङ सहितका पुर्वी पहाडमा उत्पादन भएको बिद्युतलाई एकत्रित गरेर केन्द्रिय प्रशारणमा जोड्ने उदेश्यका साथ सुरु भएको आयोजनकाको काम पुरा भएको हो । सोही आयोजनाका प्रमुख दिपेन्द्रराज दिबेदीसंग पत्रकार गिरिराज बाँस्कोटाले टुडे संवादका लागी गरेको कुराकानी : 

काबेली कोरिडोर प्रसारणलाईनको पछिल्लो अवस्था के हो ?

काबेली कोरिडोर आयोजना गत साउन १४ गते सम्पन्न भएको छ । अहिले हामी परिक्षण गर्ने प्रकृयामा रहेका छांै । अब हामी छिट्टै काम सकेर चार्ज पनि गर्छैं ।
अहिले कुन खण्डको काम भईरहेको छ ?
हामीले यो काबेलि कोरिडोरको काम तीन खण्डमा विभाजन गरेका छाँै । पहिलो खण्ड भनेको दमक देखी ईलाम सम्म त्यो २०७२ असार २९ मा चार्ज भईसक्यो । दोस्रो खण्ड भनेको इलामको सोयाक देखी फिदिम थापाटार सम्म जुन २०७६ वैशाक २४ गते चार्ज गरिसक्याँै । तेस्रो खण्ड भनेको फिदिम थापाटारबाट अम्मरपुर कावेली सम्म हो जस्मा काम सम्पन्न भईसकेको छ । अहिले हामी परिक्षण प्रसारण गर्ने कार्य भईरहेको छ । अवको केही दिनमा यसलाई पनि चार्ज गर्छौ ।
थापाटारबाट अम्मरपुर सम्म विद्युत जोेडिए पछि यो आयोजना पुरा हुन्छ ?
हामीसंग तीन ओटा काम थियो । जस्मा २ वटा पुरा भईसकेको छ । र तेस्रो काम यो पनि छिटै पुरा हुन्छ ।
पहिलो दोस्रो कामचहि के के रहेका छन् ?
पहिलो हाम्रो ट्रान्समिसन लाईन थियो, जुन अब पुरा हुदैछ । दोस्रो काम भनेको सव स्टेसन निर्माण गर्नु पर्ने थियो, जुन दमकमा अर्को इलामको गोदकमा तेस्रो पाँचथरको थापाटारमा र अम्मरपुरमा हामीले चार ओटै सव–स्टेसन निर्माणको काम पहिलेनै पुरा गरी सकेका छौ । तेस्रो काम भनेको ट्रान्समिसनको ठाउँमा अढाई कि.मी ग्राउनड पिच गर्ने थियो । जुन अमरपुरमा काम गदै आएका छांै । बाँकी हामी गर्दै छांै । छिटै पुरा गर्ने योजनामा रहेका छौं ।
यो आयोजना बनाउदा के फाईदा हुन्छ ?
पुर्वाअञ्चलको नीजि हाइड्रो पावरबाट उत्पादन भएको विद्युत राष्ट्रिय प्रशारण लाइनमा भोल्टेजमा बृद्धि हुने हुन्छ । कहँी केही घटना घट्यो भने विद्युुतमा कुनै समस्या आउदैन र नियमित प्रसारण हुने गर्छ ।
आयोजना त ढिला भयो नि किन ?
काम ढिला भएको हो तर यसमा विभिन्न कारणहरुछन । जस्तो ठेकेदार संग जुन किसिमको संझौता भयो त्यसमा डिजाईन थोरै भयो र फेरी डिजाईन थप्दा २ वर्ष ढिला हुन गयो । हामीले काम गर्दै गर्दा जोरसालमा विरोध भएको कारणले गर्दा तथा इलाममा पनि स्थानिय जनताहरुले ३ वर्ष काम गर्न नदिएको कारणले गर्दा अन्य विभिन्न समस्याको कारणले गर्दा समय भन्दा २ वर्ष ढिला हुन गएको हो ।
२ वर्ष ढिलाहुदा के के असर भयो ?
ढिलो हुने वितिकै असर त त्यतीकै हुने नै भयो तर हाइड्रो पावरहरुले पहिले नै उत्पादन गरेको भए हामीलाई समस्या आउने थियो । तर १ वर्ष हामीलाई असर पर्याे हेवाको ७ मेगावाट विद्युत खेर गयो ।
स्थानीय उत्पादकहरुले करिडोर समयमा सम्पन्न नभएकोल हामीले समयमा काम सम्पन्न गर्न सकेनै भन्ने गुनासो गर्छन नि ?
त्यस्तो त भएन हामीले वैसाख ५ गते हाम्रो काम सक्यौँ । तर तल्लो हेवाले असारमा मात्र काम सक्यो ।
थापाटारको स्टेशन चार्ज भईसकेपछि विद्युत उत्पादनमा के योगदान पुग्छ ?
हालको अवस्थामा १३० मेगावट पावर गहिरेको छ । हालै १० मेगावाट विद्युत उत्पादन थपिन जान्छ । अबको अन्य हाइड्रो पावर निर्माण भएपछि धेरै विद्युत थपिन आउँछ ।
आयोजना समपन्न गर्न के कस्ता समस्याहरु आए ?
समग्र हिसावले सवैको चितबुझाएर काम गर्नु पर्ने भएकोले हाम्रो सुरक्षा निकाय प्रसाशन कार्यलय स्थानियवासि राजनितिक दल लगायत अन्य विभिन्न निकाय सहयोग गरेकै छन । त्यो पहिला पनि थियो ।
आयोजना सकिए पनि आयोजनाको आसपासमा विद्युतिकरण भएको छैन किन ?
विद्युतिकारणको विषयमा हाम्रो मातहतमा रहेर तथा ग्रहाक सेवा केन्द्रको निगरानिमा अर्काे अफिस खेलेर विद्युतिकरणको काम अगाडी बडाउने तयारीमा रहेका छांै ।
२ अर्व ३५ करोडको आयोजना बन्यो थाहै पाइएन भन्ने स्थानीयको गुनासो के हो ?
त्यस्तो गुनासो आउनु स्वभाविक हो । म ४ वर्ष अगाडी मात्र आएको हो । म भन्दा अगाडी २ जना आयोजना प्रमुख पनी बस्नु भएको थियो । हामीले काम गर्दा सवै ठाँउमा गएर काम अगाडी बडाएका हाँै ।
ताप्लेजुङमा उत्पादन भएको हाइड्रो पावर पनि यता जोडिन्छ ?
अमरपुरको सव स्टेसनबाट ताप्लेजुङमा उत्पादन भएको विद्युत जोडन सक्ने सम्भावना रहेको छ । त्यस बाहेका अन्य उत्पादन ताप्लेजुङमा नै सव स्टेसन निर्माण भएर वितरण हुने संभावना रहेको छ ।
यहाँको विद्युतउत्पादनको संभावना के कस्तो छ ?
यहाँ विद्युत उत्पादनको संभावना प्रचुर मात्रमा छ । विभिन्न ठाँउमा उत्पादन भएको विद्युतबाट विभिन्न उद्योग संञ्चालन तथा व्यावस्थापन गर्न सकिने भएकाले विभिन्न संभावना रहेको छ ।
पाँचथर जिल्लामा विद्युत उत्पादन भएर पनि जिल्लको सवै ठाँउमा सहज रुपले विद्युत उपलव्ध भएको छैन किन ?
पाँचथर जिल्लाको सवै ठाँउमा विद्युत उपलब्ध भएको छैन । पहिले नेपाल विद्युत प्रधिकरणको अफिस थिएन तर भखरै मात्र स्थापना भएको छ । अव छिटै नि सवै ठाँउमा पुग्ने योजनामा रहेका छांै ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी