BSC FM live


स्वारेजको गोलमा बार्सिलोनाको जित


२० साउन,- प्रि–सिजन टूर अन्तर्गत मैत्रीपूर्ण खेलमा बार्सिलोनाले आर्सनललाई हराएको छ । आईतबार राति भएको खेलमा घरेलु टोली बार्सिलोनाले प्रिमियर लिग क्लब आर्सनललाई २–१ गोल अन्तरले हराएको हो ।

खेलको ३६ औ मिनेटमा पिरे एमरिक अबुमियाङले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । आईन्सले मैटल्याण्ड नाईल्सको ६९ औ मिनेटमा आत्मघाति गोलमा बार्सिलोना खेलमा फर्किएको थियो ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका लुईस स्वारेजले अन्तिम मिनेटमा गोल गर्दै बार्सिलोनालाई जित दिलाउन सफल रहे ।

प्रि–सिजनको अन्तिम खेलमा आर्सनलले बलियो टिम मैदान उतारेपनि हार टार्न भने सकेन । आर्सनलले आगामी आईतबार न्युक्यासलसंग खेल्दै प्रिमियर लिगको सूरुवात गर्दैछ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी