BSC FM live


मिक्लाजुङ गाँउपालिकामा विप्लबका दुई कार्यकता पक्राउ


टुडे संवाददाता /पाँचथर, २० साउन
पाँचथरको दक्षिणी मिक्लाजुङ गाँउपालिकामा नेत्र विक्रम चन्द ‘बिप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्ता पक्राउ परेका छन् । मिक्लाजुङ–६ मा पार्टीको गतिविधि गरीरहेको बेला उनीहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।
ताप्लेजुङको मिक्वाखोला–२ का हरि विक र हिमाल भनिने गम्फे दियाली विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । गाँउमा गतिविधि गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरीएको पाँचथरका प्रहरी प्रमुख डिएसपि नरेन्द्र कुँवरले जानकारी दिए ।
कुवँरको नेतृत्वमा बिप्लबका कार्यकर्ताको गतिविधि निरीक्षणका लागि प्रहरी टोलि दक्षिणी क्षेत्रमा खटिएको थियो । केहि दिन लगाएर सो क्षेत्रमा गस्ती गरेको प्रहरीले जानकारी दिएको छ । बर्खामा सडक हिलाम्बे भएका बेला गाडी रिजर्भ गरेर प्रहरी टोलिले दक्षिणी क्षेत्रमा गस्ती गरेको थियो ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी