BSC FM live


शिल्पा पोखरेल र छविराज ओझाविरुद्ध पक्राउ पूर्जी


०८ साउन ,- : निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ। बहुविवाहको उजुरी परेपछि दुवैजनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको जानकारी महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले थाहा खबरलाई बताए। छविकी पहिलो पत्नी हेमा ओझाले बहुविवाहको उपुरी गरेपछि यही कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी गरेको हो। अदालतले दुवैलाई पक्राउ गर्न अनुमति दिएको एसएसपी उत्तम सुवेदीले बताए। ‘वहुविवाहको कसुरमा उहाँहरु दुवैविरुद्ध प्रकाउ पुर्जी जारी गरिएको छ’, उनले भने।  केही दिन अगाडी निर्माता छविकी जेठी श्रीमती हेमाले गौशला प्रहरी वृतमा पुगेर शिल्वाविरुद्ध पनि बहुविवाहको उजुरी दिएकी थिइन्।   शिल्पाले आफूमाथि घरेलु हिंसा भएको भन्दै छविविरुद्ध  केही साताअघि काठमाडौं प्रहरी परिसर टेकुमा निवेदन दिएकी थिइन्। त्यसको केही दिनपछि काठमाडौं जिल्ला अदालतमा डिभोर्सका लागि फाइल गरेको सूचना बाहिरिएपछि हेमा प्रहरीकहाँ पुगेकी थिइन्। हेमाले बहुविवाहको मुद्दा दायर गरेपछि छवि-शिल्पाको विवाद र सम्बन्धले नयाँ मोड लिएको छ।
thahakhabar

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी