BSC FM live


बलात्कारको आरोपबाट मुक्त भए रोनाल्डो


०७ साउन,- बलात्कारको आरोप लागेका फुटबल स्टार क्रिष्टियानो रोनाल्डोमाथि कुनै कारबाही नहुने भएको छ । रोनाल्डोमाथि बलात्कार भएको आरोप लगाउने क्याथरिन मायोर्गाले कुनै ठोस प्रमाण पेश गर्न नसकेकाले रोनाल्डोले सफाया पाउने भएका हुन् ।

अरोप लगाउनेले घटना कहाँ भएको भन्ने ठोस प्रमाण पेश गर्न नसक्नु र प्रहरी अनुसन्धानबाट पनि कारबाही गर्नका लागि कुनै आधार नभेटिएको अदालतले जनाएको छ । ‘क्रिष्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको आरोप प्रमाणित गर्ने कुनै स्पष्ट कारण देखिएन । त्यसैले कुनै कारबाही हुने छैन’ अलादतले वक्तब्यमा उल्लेख गरेका छ ।

३३ वर्षीय रोनाल्डोले सन् २००९ मा अमेरिकाको लस भेगसमा आफूमाथि बलात्कार गरेको एक अमेरिकी मोडल क्याथरिन मायोर्गाले आरोप लगाएकी थिइन् । भेगसको एक होटलमा रोनाल्डोले आफूमाथि बलात्कार गरेको भन्दै अन्तवार्ता दिएपछि उनि रातारात चर्चामा आएकी थिइन् । जसका लागि रोनाल्डोलाई भेगसको पुलिसले पनि सोधपुछ पनि गरेको थियो । सोधपुछ र अनुसन्धानबाट खास कुनै प्रमाण फेला नपरेपछि रोनाल्डो कारवाही मुक्त हुने भएका हुन् ।

रोनाल्डोमाथि बलात्कार आरोप लगाउँदै गएको वर्ष जर्मन साप्ताहिक पत्रिका डेर स्पिइगलले पहिलो पटक खबर प्रकाशित गरेको थियो । खबरमा सन् २०१० मा काथरिनलाई यो घटना लुकाउन पुलिसको संलग्नतामा तीन लाख ७५ हजार अमेरीकी डलर दिएको भनी उल्लेख गरिएको थियो ।

उज्यालो 

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी