BSC FM live


मोदी योगी सरकारले प्रियंका गान्धीलाई लियो हिरासतमा


०३ साउन ,- भारत उत्तर प्रदेशमा कांग्रेस पार्टीकी महासचिव प्रियंका गान्धलाई हिरासतमा लिइएको छ । उत्तर प्रदेशको सोनभद्र जिल्लामा १० जनाको ज्यान जानेगरी भएको जग्गासम्बन्धी विवादबारे जानकारी लिन तथा घाइतेहरुलाई भेट्न त्यसतर्फ जाने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

घटनास्थल तर्फ हिँडेकी गान्धीलाई मिर्जापुरमा रोक लगाइएको थियो । त्यसपछि उनी रोकिएकै स्थलमा धर्नामा बसेकी थिइन् । सोही कारण उनलाई हिरासतमा लिइएको जनाइएको छ । १० जनाको ज्यान जानेगरी भएको जग्गासम्बन्धी विवादका कारण सोनभद्र जिल्लाको अवस्था आतंकित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तर, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भने विवादका लागि यसअघिको कांग्रेस सरकारलाई दोष दिएका छन् । मुख्यमन्त्री आदित्यनाथले कांग्रेसको शासन कालमा वनवासीको जमिन एक सोसाइटीको नाममा दर्ता गरिएको बताए । मुख्यमन्त्री योगीले घटनाको छानबिनका लागि तीन सदस्यीय छनाबिन समिति गठन गरिएको र तीन दिनभित्रै प्रतिवेदन आउने बताएका छन् ।

barnanmedia

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी