BSC FM live


आगामी आर्थिक बर्षमा केही सुधारीएको बजेट ल्याउने तयारीमा छौँ : उर्मिला राई

प्रकाशित मिति :2019-06-12 03:00:47

 

जितेन्द्र भण्डारी

पाँचथरको मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष उर्मिला राइलाई यतिबेला योजना अनुगमनले भ्याईनभ्याइको अवस्था छ । अनुगमन समितिको संयोजक समेत उपध्यक्ष नै हुने प्रावधानले उनलाई थप ब्यस्त बनायो । त्यही ब्यस्तताका बिच आगामी आर्थिक बर्षका लागि यतिबेला योजना तथा बजेट बनाउने क्रम चलिरहेको छ । यसै सन्दर्भमा पत्रकार जितेन्द्र भण्डारीले गरेको कुराकानी आजको टुडे संवादमा ।
चालु आर्थिक बर्षमा सम्पन्न योजनाको अवस्था के छ ?
म अनुगमन समितिको संयोजक भएको हुनाले यो आर्थिक वर्षको योजना सम्पन्न हुने चरणको अन्तीमा हेरिरहेका छौँ । हामी विभिन्न तवरले अनुगमन गरेका छांै । बजेट अनुसार के कति काम हुनु पर्ने हो त्यती काम भएको पाईयो काम राम्रो तथा गुणस्तरीय भएको पाईयो । बजेट अनुसारको काम भएको अनुगमनबाट पाईयो । आगामी आर्थिक बर्ष पनि सोही तवरले योजना कार्यान्वयन गर्ने तयारीमा छौं ।
समग्रमा काम गरेको प्रतिसतमा हेर्ने हो भने ७५ प्रतिसत काम सम्पन्न भएको छ । अन्य बाँकी रहेको काम पनि अन्तिम चरणमा छन । अबको केही दिनमा सक्ने तयारीमा छांै । अवको असार मसान्त भित्रमा योजना अनुरुपको सम्पुर्ण काम सक्ने तयारीमा रहेका छांै ।
आगामी आर्थिक वर्षको लागि के कस्तो योजना तथा बजेट ल्याउने तयारीमा हुनुहुन्छ ?
हाम्रो दुई बर्षको अनुभवमा हामीले काम गरेको आधारमा भन्ने हो भने आगामी आर्थिक वर्ष अघिल्लो वर्ष भन्दा अलिक फरक खालको तथा पूर्वाधारहरुको विकास गर्ने खालको योजना बनाएका छौँ । बनिसकेको पुर्वाधारको संरक्षणमा पनि जोड दिने गरी काम भइरहेको छ ।
आगामी आर्थिक बर्षको मुख्य प्राथमिकता के हो ?
हाम्रो प्राथमिकता सवैभन्दा महत्वपुर्ण कुरा भनेको यातायात हो । गाउँपालिकाका सबै क्षेत्रमा यातायत पुराउने तयारीमा रहेका छांै । भएका सडकहरुलाई स्तर उन्नती गर्ने तथा खानेपानिको वितराण तथा हाम्रो ठाँउको विकासको लागी कृषी क्षेत्रको विकासको हामीले बजेटमा प्राथमिकता दिएका छांै । यो बर्ष भन्दा केही सुधारीएको बजेट ल्याउने हाम्रो तयारी छ ।

    Comment Here!