BSC FM live


योजनामा ध्यान

प्रकाशित मिति :2019-06-12 02:53:51

टुडे संवाददाता पाँचथर २९ जेठ
यतिबेला देशका सबै जसो स्थानीय तह योजना बनाउने काममा जुटेका छन । त्यही सेरोफेरोमा पाँचथर जिल्लामा पनि काम भइरहेको छ । यहाँ कनेकन समस्या बावजुत छन । जस्का कारण योजना बनाउने समय महत्वको हुने गर्छ ।
पाँचथरको कुम्मायक गाउँपालिकाका साबिक ३ गाबिसलाई १२ बर्ष अघि सुख्खा क्षेत्र भनेर घोषणा गरियो । ती गाबिस संगै तुम्बेवाका सहित त्यतीबेला एक दर्जन गाबिसलाई बिशेष कार्यक्रम सहित खानेपानी पुर्याउने भन्दै सुख्खा क्षेत्र घोषणा गरिएको थियो । तर घोषणा अनुसार कार्यक्रम नहुँदा अहिले त्यस क्षेत्रका नागरिक थप पीडामा परेका छन । अहिले सुख्खा क्षेत्र अन्तरगतको कुम्मायक गाउँपालिकामा मात्रै गएको एक बर्षमा ४ सय ९० जनाले गाउँ छाडेका छन ।
यो समस्या त्यो गाउँको मात्रै हैन । समग्र जिल्ला, प्रदेश र राष्ट्रका लागि महत्वपुर्ण हो । यस्ता समस्याले नै मुखरित गर्छन अवको हाम्रो योजना कस्तो बन्नु पर्छ ।
कुम्मायक गाउँपालिकामा संघीय संसद र प्रदेश संसदका तर्फबाट कोष मार्फतको रकम करिव ७० लाख रुपैँया चालु अर्थिक बर्षमा सक्ने गरी काम हुँदैछ । जस मध्ये संघीय संसद सदस्य बसन्तकुमार नेम्बाङका तर्फबाट बिनियोजन भएको ३५ लाख रुपैंयामा ३ वटा योजना बन्दैछन । यासोक बजारको सुबिधाका लागि भौतिक पुर्वाधार बिकास गर्ने भन्दै २५ लाख छुट्याइएको छ भने सोही बजेट अन्तरगत कुम्मायक ३ मा मोटरबाटोका लागि १० लाख बिनियोजन गरिएको छ । त्यही क्षेत्रका स्थानीय पानि अभावका कारण गाउँ छोड्न बाध्य छन तर संसदले त्यस तर्फ ध्यान दिन सकिरहेका छैनन ।
त्यस्तै सोही क्षेत्रमा प्रदेश संसद कोषबाट ३५ लाख रुपैया सोही क्षेत्रका लागि बिनियोजन गरिएको छ । कुल बजेट मध्ये २० लाखमा वडा नम्बर ३ र ५ को मोटरबाटो निर्माणका लागि छुट्याइएको छ । वडा नम्बर २ मा १५ लाख खर्च गरेर सिचाई आयोजना निर्माण गर्न लागिएको भए पनि खानेपानीका लागि संसद बिकास कोषले कुनै सहयोग गरेको छैन ।
यतिबेला स्थानीय सरकारले बनायने योजना सानै होलान तर सत्य के हो भने प्रयास सनोबाटै सुरु हुन्छ । अहिलेको समय योजनाका लागि ध्यान दिने हो । त्यसै गरौं ।

    Comment Here!