BSC FM live


अलैैँचीमा सधै समस्या

प्रकाशित मिति :2019-06-12 02:46:22

टुडे संवाददाता /पाँचथर ,२९ जेठ

अलैँचीको पछिल्लो मुल्य अनुसार बिर्तामोडमा ३०, २९ र २८ हजार प्रतिमन छ । सोही अलैँचीको फिदिमको मुल्य २९, २८ र २७ हजार छ । यो अलैँचीको पछिल्लो मुल्य सबैका लागि चिन्ताको बिषय हो । पाँचथरको सदरमुकाम फिदिम यहाँको अलैँचीका लागि पहिलो बजार हो । मुल्यमा सुधार आउला र अलैँची बेचुँला भनेर बसेका कृषक थप अन्योलमा परेका छन । कृषकबाट अलैँची लिएर गोदाममा थन्काएका ब्यापारीलाई पनि उस्तै समस्या भइरहेको छ । मुल्यमा आएको गिरावटका बिषयमा सरकारी निकायबाट कुनै प्रतिकृया छैन । न खोज अनुसन्धाननै हुन सकिरहेको छ ।
बगान मासिने समस्या पुरानै हो । नयाँ समस्या बनेको अलैँचीको बजार नै हो । अलैँची कृषक सुर्यकुमार राइले भने–हामी चौतर्फी समस्यामा छौँ । मुल्य नपाएर पाउने समस्या देखी बगानमा आउने समस्या सम्मको भोगाइले कृषक पीडामा छन ।
सधैको तुलनमा यो अवधि सम्ममा पाँचथरका कृषक र ब्यापारीहरुले आधा मात्रै बेचेका छन । पाँचथर जिल्लामा अलैँचीको सम्भावना राम्रो छ । उत्पादन र आम्दानी दुबै तवरमा अलैँचीको बिकासमा सरकारी लगानी बढाउनु पर्ने अवस्था देखिएको छ । पाँचथर जिल्लाको कुल क्षेत्रफलको २ हजार नौ सय २० हेक्टर क्षेत्रमा अलैँची उत्पादन हुने गरेको छ । उक्त क्षेत्रबाट पाँचथरमा मात्रै एक हजार ३७ मेक्ट्रिक्टन अलैँची उत्पादन हुने गरेको छ । अलैँचीको क्षेत्रगत हिसावमा उत्पादन कम भए पनि त्यसको उच्च मुल्यका कारण कृषकलाई फाइदा हुने प्रधानमन्त्रि कृषि अधुनिकिकरण परियोजना अलैँची जोन पाँचथरका प्रमुख प्रकाश बिश्वकर्माले बताए ।
पाँचथरमा लागु भएको अलैँची जोन क्षेत्र आगामी आर्थिक बर्ष पनि निरन्तर हुने भएका छन । जोन क्षेत्र थप गर्ने भन्दा पनि भएका क्षेत्रलाई प्रभावकारी बनाउने बिषयमा कार्यक्रम तय भएको कार्यालयले जनाएको छ ।

    Comment Here!