BSC FM live


अष्ट्रेलियाविरुद्व भारतको जितको पाँच कारण

प्रकाशित मिति :2019-06-10 08:09:41

दुई पटकको विश्व च्याम्पियन भारतले आईसीसी विश्वकप क्रिकेटमा आईतबार भएको खेलमा पाँच पटकको उपाधि विजेता अष्ट्रेलियालाई पराजित गरेको छ । अष्ट्रेलियाविरुद्व भारतको सहज जित सायदै कसैले सोचेका थिए होलान् ।

भारतविरुद्व उत्रनुअघि अष्ट्रेलियाले लगातार १० खेल जितेको थियो ।

मुख्य बिषय भनेको आईपीएल अगाडी भारतमा भएको पाँच एक दिवसीय सिरिजमा अष्ट्रेलियाले घरेलु टोलीलाई ३–२ ले हराएको थियो । यति मात्र होईन विश्वकपको समिकरण समेत अष्ट्रेलियाको पक्षमा रहेको थियो ।

यसअघि दुवै टिम विश्वकपमा ११ पटक आमसेसामने भएका थिए । जसमा अष्ट्रेलियाले ८ पटक र भारतले ३ पटक जित हासिल गरेको थियो ।

तर सबै आँकडालाई थाती राख्दै आईतबार भारतले अष्ट्रेलियालाई ३६ रनले हराएको छ । जसका पाँच कारण निम्न प्रकार रहेको छ ।

पहिलो कारण : चम्किएका ओपनर

कुनैपनि टिमको ओपनर जोडीले पुरै टिमको दिशा तय गर्ने गर्छन् । भारतका ओपनरद्वय रोहित शर्मा र शिखर धवनले पहिलो विकेटका लागि १ सय २७ रन बनाएर अष्ट्रेलियाका बलरको दबदबालाई समाप्त गरेका थिए ।

रोहितले निकै संयमित भएर ५७ रन बनाए । धवनले १ सय १७ रनको शतकिय ईनिङ्स खेलेका थिए । अर्कोतर्फ अष्ट्रेलियाका ओपनर डेविड वार्नर र कप्तान एरोन फिन्चले पहिलो विकेटका लागि मात्र ६१ रनको साझेदारी गरेका थिए । वार्नर ५६ र फिन्च ३६ रनमा आउट भए ।

दोस्रो कारण : चलेका ब्याट्सम्यान

भारतको जितको दोस्रो कारण भनेको शीर्ष र मध्यक्रमका ब्याट्सम्यान राम्रोसंग चल्न सके र छिटो छिटो रन बनाउन सफल रहे । भारतीय कप्तान विराट कोहलीले आफ्नो बिग्रिएको फर्ममा सुधार गर्दै ७७ बलमा ८२ रन बनाए । हार्दिक पाण्डेयाले २७ बलमा ४८ रनको योगदान दिए । जसले गर्दा भारतीय टिमले निर्धारित ओभरमा ५ विकेट गुमाएर ३ सय ५२ रनसम्म पुग्न सफल रह्यो ।

जसले गर्दा अष्ट्रेलियालाई जितका लागि प्रति ओभर रन रेटको औसत बढ्न पुगेको थियो । यहीनै हारको कारण बन्यो । अष्ट्रेलियाले समेत निर्धारित ओभरमा ३ सय १६ रन बनाएको थियो । ब्याट्सम्यानले ठुलो लक्ष्य अष्ट्रेलिया सामु राख्दा भारतीय बलरले समेत आत्मविश्वासका साथ आफ्नो क्षमतालाई प्रयोग गर्न सफल रहे ।

तेस्रो कारण : टिकेको विकेट

भारतीय जितको तेस्रो कारण भनेको ब्याट्सम्यान विकेटमा टिकेर खेल्न सके । शानदार सुरुवात गरेका शिखर धवनले आफ्नो ईनिङ्सलाई शतकमा बदल्न सकेका थिए । अर्को तर्फ अष्ट्रेलियाका डेबिड वार्नरले समेत राम्रो सुरुवात गरेका थिए । तर त्यसलाई शतकमा बदल्न असफल रहे

यसको साथै भारतले फिल्डिङ समेत निकै राम्रो प्रर्दशन गर्यो । उनीहरुले क्याच गर्ने कुनै अवसरनै छाडेनन् । तर रोहित शर्माको क्याच छाड्नु अष्ट्रेलियाका लागि निकै भारी परेको थियो । रोहित शर्माले दोस्रो ओभरमा जिवनदान पाएका थिए । उनको क्याच मिचेल स्टार्चको बलमा छुटेको थियो । त्यसपछि खुलेको रोहितको ब्याटलाई अष्ट्रेलियाका बलरले कुनै चुनौती दिन सकेनन् ।

फिल्डिङमा समेत भारतले अष्ट्रेलिया भन्दा राम्रो प्रर्दशन ग¥यो । भारतीय खेलाडीले अष्ट्रेलियाका कप्तान आरोन फिन्च र मिचेल स्टार्चलाई रन आउट गर्दै पोविलियनको बाटो देखाएका थिए ।

चौथो कारण : टस जितेर ब्याटिङ्ग गर्ने निर्णय

टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णयनै भारतीय जितको आधार बन्यो । सामान्यतया एकदिवसीय क्रिकेटमा टस जितेर पहिले फिल्डिङ गर्ने चलन हुन्छ । तर भारतीय कप्तान विराट कोहलीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय सहि साबित बन्यो

पहिलो ब्याटिङ गरेर स्कोर बोर्डमा ३ सय बढी रन बनाएपछि सधै विपक्षी टिममाथि दबाब सिर्जना गर्न सकिन्छ । पछिल्लो विश्वकप सन् २०१५ को सेमिफाईनलमा अष्ट्रेलियाले भारत सामु ३ सय २८ रनको लक्ष्य राखेको थियो । जसमा पुरै भारतीय टिम ४६ दशमलव ५ ओभरमा २ सय ३३ रनमा समेटिएको थियो ।

पाँचौ कारण : बलरको प्रर्दशन

भारतीय टिमको जितको पाँचौ कारण भनेको बलरको शानदर प्रर्दशननै रह्यो । पुरै म्याचमा उनीहरुले दबाब देखाएका थिए । भुवनेश्वर कुमार र जसप्रीत बुमराहले लगातार विकेट लिएका थिए । सोही कारण अष्ट्रेलियाले कुनै ठुलो साझेदारी गर्न पाएन, जसले निर्णायक रुप लिन सकेन ।

भुवनेश्वर कुमार र जसप्रीत बुमराहले तीन तीन विकेट लिदाँ युजवेन्द्र चाहलले समेत दुई विकेट हात पारेका थिए ।

यदी कुनैपनि टिमका ब्याट्सम्यान फर्ममा देखिन्छन् र बलर १० विकेट लिने क्षमता राख्छन् भने कुनैपनि बलियो टिम धरासायी बन्न सक्छ । त्यसको गतिलो उदाहरण अष्ट्रेलिया बन्यो ।

    Comment Here!