BSC FM live


३ वर्षको अबधिमा यातायात, शिक्षा, कृषि लगायतका क्षेत्रमा विकास गर्ने योजनामा रहेको छु:भिम फागो

प्रकाशित मिति :2019-06-03 00:52:23

जितेन्द्र भण्डारी

फिदिम नगरपालिकाको केन्द्र फिदिम बजारबाट दुरीको हिसावमा टाडा रहेको वडा हो १४ नम्बर । वडामा यो दुई बर्षमा सडक सहितका बिकासका पुर्वाधार भित्रिएका छन । थप कार्यक्रम र आगामी योजनाका बिषयमा वडाध्यक्ष भिम फागोसंग पत्रकार जितेन्द्र भण्डारीले गरेको कुराकानी आजको टुडे संवादमा ।

कस्ता खालका योजनालाई प्राथमिकतामा राख्दै हुनुहुन्छ ?
योजनाको छनोट गर्ने सन्र्दभमा यो भन्दा अगाडीको आर्थिक वर्षमा भन्दा केही सुधार गर्नेछौ । अधुरा रहेका बाटोहरुको काम पुरा गर्ने योजना छ । संगै अरु योजनाहरु पनि छन ।
कृषि, पशुपालन, शिक्षा, जस्ता क्षेत्रमा के गर्दै हुनुहुन्छ ?
हामीले कृषि क्षेत्रमा भन्नु पर्दा अघिल्लो पल्ट तालिम, सेमीनारहरु गरेका थियौ जो जनचेतनाका लागि आवस्यक थियो । यस पल्ट कृषि क्षेत्रलाई व्यावस्थित रुपमा अगाडी बडाउनको लागि हामी तयारीमा रहेका छांै । जस्तो विगतको बर्षमा हामीले मौरीपालन सम्बन्धी तालिम दिएका थियौ भने यस बर्ष हामी मौरी सहिदको घारहरु वितिरण गर्ने योजनामा छौ । हामीले यो भन्दा अगाडी लोक्ता वितरण सम्बधी जापानि प्रविधिको तालिम दियौ भने यो वर्ष हामी प्रविधि संग सम्बन्धीत सामाग्रीको व्याबस्था गर्ने तयारीमा छांै । हामीले विभिन्न क्षेत्र जस्तो स्वास्थ भवन निर्माण गरिरहेका छांै । अवबको केही दिनमा संञ्चालनमा ल्याउने तयारीमा रहेका छांै । पशुपालनको क्षेत्रमा हामीेले विगत वर्षमा गोठ सुुधारका कार्यक्रम अगाडी बढाएका थियौ भने यस वर्ष विभिन्न वडा तथा स्थानिय क्षेत्रबाट पनि गोठ सुधारको कार्यक्रम लगायतका विभिन्न काम भईरहको छ । पहिलेको वर्ष गोठ बनाउने व्याक्तीहरुले यस बर्ष उन्नतजातको गाई, भौसी ल्याएर पल्न थालिसकेका छन् ।
बितेको दुई बर्षमा के कस्ता कामहरु गर्नुभएको ?
म के भन्न चहान्छु भने हामी तपाईहरु जुनसुकै पेशामा संलग्न हुनुहुन्छ तपाईहरुले मेनत गर्न जरुरी रकेको छ । किनभने मेनत नगरी कुनै पनि काम गर्न सकिदैन तथा सफल हुन सकिदैन । हामी जनता समक्ष भएका समस्यालाई समाधान गर्न निरन्तर प्रयासरत रहन्छौै । सवै क्षेत्रमा संलग्न जनतालाई विकासको बाटो तिर लैजाने हाम्रो तयारी छ । त्यही क्रममा यो दुई बर्ष बितेको छ ।
अवको योजना के छ ?
अहिले २ वर्षको कर्यकालको अवधि समाप्त भएको छ र बाँकी रहेको ३ वर्षको अबधिमा यातायात, शिक्षा, कृषि लगायतका विभिन्न क्षेत्रमा परिवर्तन तथा विकास गर्ने योजनामा रहेको छु । हाम्रो वडा नं. १४ को विकासको लागि प्रयासरत छु ।

    Comment Here!