BSC FM live


फिदिम नगरपालिकाको नयाँ निति कार्यनवयन गर्ने कार्य भईरहेको छ :ओनहाङ नेम्बाङ

प्रकाशित मिति :2019-05-31 01:05:24

जितेन्द्र भण्डारी
फिदिम नगरपालिकाका प्रमुख (मेयर) ओनहाङ नेम्बाङ बिकासका लागि राजनीति हुनुपर्छ भन्ने मान्यता राख्दछन । उनको कल्पना फिदिम नगर रिङरोड देखी लिएर समग्र फिदिमको चौतर्फी बिकासमा केन्द्रित छ । उनै नम्बाङसंग पत्रकार जितेन्द्र भण्डारीले फिदिम टुडेका लागि गरेको कुराकानी आजको टुडे संवादमा ।

आगामी आर्थिक बर्षका लागि के कस्तो योजना निती कार्यक्रम आउँदैछन ?
यस पटकको बजेट नगरपालिकाले प्रत्यक्ष रुपमा देखीने काम गर्ने तयारीमा रहेका छाँै । मेलै के भन्ने गरेको छु भने १४ वटा वडाको नगर विस्तारको निम्ती हामीले विभिन्न नीति नियमा बनाएर काम गर्ने योजना बनाएका छाँै । पहिलो नम्बनरको विकासको पुर्वाधार भनेको बाटो हो । जस्ले गर्दा यसको विकसको लागि हामी विभिन्न काम गर्ने छांै । अन्य विकासको पूर्वाआधार भनेको शिक्षा, पर्यटन लगाएतका क्षेत्रको विकासको लागि पनि हामी विभिन्न योजना बनाएर काम गर्ने तयारीमा रहेका छौँ । फिदिम नगरपालिकाले राम्रो विकासको लागि नयाँ प्रविधिको विकस गर्ने तयारीमा रहेका छाँै यस आर्थीक वर्षमा । मुख्य काम बिकासमा केन्द्रित रहनेछ ।

अवको प्राथमिकता के हो ?
अबको प्राथमिकता भनेको दिगो विकास गर्न सकिने कुरामा हो । जस्तो कि हामी १४ वटा वडामा सबै ठाँउमा गाडी चल्न सक्ने बाटोको विकास गर्न जरुरी रहेको छ । ८० वर्ष भन्दा माथिका बृद्ध बृद्धालाई उपचार खर्च दिने तथा हामीले नगर हरियाली बनाउनका लागि ५० लाख छुट्एका छाँै । विभिन्न संग संस्थाहरु विद्यालय, मठमन्दिरमा पनि सहयोग गर्ने योजनामा रहेका छौँ । सरकारले छानेका उच्च जोखिमका रोग लागेका बिरामीहरुलाई उपचारको लागि आर्थिक सहयोग गर्ने रहेको छाँै । यो क्रम अहिले पनि चलिराखेको छ ।
नगरपालीकाले बनाएको गुरुयोजना किन कार्यनवयनमा नआएको हो ?
यो हाम्रो फिदिम नगरपालिकको छुट्टै नयाँ चिनारी हो । लगभग एक वर्ष सम्म यहाँको सरकारी कार्मचारी र म विचमा केही अनियोल्ता भएको थियो । अहिले विभिन्न नयाँ कर्मचारी आउनु भएको छ । अबको केही समयमा नै कार्यनवयन हुने छ । सोही अनुसार नगरको बिकास हुन्छ ।
यहाँको हालसम्मको कार्यकालमा के के काम गर्नु भयो ?
मेरो यस समय अवधिमा विभिन्न वडाको अध्ययक्षले विभिन्न कामहरु गर्न सहयोग गर्नु भएको छ । नगरपालीकाको बजेटले भ्याएसम्म सवै प्रकारका कामहरु गरेर अगाडी बडिरहेको छाँै । अहिलेको नयाँ निति कार्यनवयन गर्ने कार्र्य भईरहेको छ । मुख्य गरेर नीति निर्माणमा यो समय ब्यतित भयो ।
नगरमा घर तथा सरकारी कार्यलयको नक्सा सम्म पास हुन सकिरहेको छैन किन ?
मानिसहरु स्वार्थी तथा सुबिधाभोगी मात्र भएको कारणले गर्दा जब मानिसलाई बैंक बाट लोन चाहिन्छ तव मात्र स्थानिय सरकारलाई सम्झिने प्रबृतिको कारणले गर्दा काम हुन सकिरहेको छैन । कर संकलनमा पनि यसले कठिनाई आईरहेको छ । हामी यसको दिर्घकालिन समाधानको क्रममा छौ ।
फिदिम नगरपालिकले पछिल्लो आर्थिक वर्षमा पनि सोचे अनुसारको राजस्व संकलन गर्न सकेन । अव के हुन्छ ?
मुख्य कुरा प्रशासन अधिकृतले व्यावस्था गरेको कारण हो । अरुले राजस्व उठाएर हिडनु भएन त्यस कारणले गर्दा सोचे अनुरुप काम हुन सकेको छैन । हामीेले करको दाहेरा बडाईयो भने संकलमा सहयोग हुन्छ । सबैको परामर्षमा हामी त्यसलाई कार्यान्वयन गर्ने चरणमा छौ ।
के काम गरेमा फिदिम नगरपालिका नमुना सहर बन्ला ?
अब हामीले हरेक स्थानिय क्षेत्रमा रहेको साना साना काम बाट सुरु गर्ने हो भने हामीले छिटै अगाडी बड्ने छौ । यो काममा हामीलाइ सहरी विकास योजनाले सहयोग गरिरहेको छ । फिदिम नगरपालिकाको बाटो निर्माण भईरहेको छ । पर्यटकीय स्थलको विकास तथा अन्य कुराहरुलाई सहज बनाउन सकियो भने फिदिम नगरपालीका पनि नयाँ रहर बन्न सक्छ । त्यस बाहेकको मुख्य बिषय भनेको प्रभावकारी नीति हो । त्यसमा हामी काम गरिरहेका छौ ।

    Comment Here!