BSC FM live


स्थानीय सरकारको अवको प्राथमिकता कृषि हुनेछ:गणेश पोख्रेल

प्रकाशित मिति :2019-05-25 05:40:14

जितेन्द्र भण्डारी
कृषक समुह महाँसंघ पाँचथरका अध्यक्ष गणेश पोख्रेल स्थानीय सरकारले बनाउने अवको कृषि नीतिको बारेमा चासोे राखिरहेका छन । यही सेरोफेरोमा अध्यक्ष पोख्रेलसंग पत्रकार जितेन्द्र भण्डारीले गरेको कुराकानी आजको टुडे संवादमा ।

गतिविधि के भईरहेको छ अहिले ?
कृषक समुह महाँसंघ जिल्ला शाखा पाँचथर अहिले मात्र होईन पहिले बाटनै कृषकको हकहितको काम गरिरहेको छ । पछिल्लो समयमा कृषि क्षेत्रमा छुटिएको बजेटहरु कृषि क्षेत्रमा काम गर्ने विभिन्न स्थानिय निकाय लागयतका अन्य पक्षको काममा सहयोग गरिरहेको छ । कृषकहरुको कहाँ कस्तो समस्या रहेको छ के गर्दा कुषकको हक हित हुन्छ तथा कृषको फाईदा हुने कामको लागि हामी निरन्तर काम गरिरहेका छाँै । हामी कुन ठाँउमा कुन कार्यक्रम राख्दा ठिक हुन्छ कुन क्षेत्रमा कुन कुरा गर्न सक्षम हुन सकिन्छ भन्ने कुरा गर्नको लागि हामी लागिरहेको छौँ ।
कुषकलाई कसरी व्याबसायिक बनाउन सकिन्छ ?
हामीले हाल जहाँ जहाँ गाँउपालिका रहेका छन त्याहाँ गएर हामीले व्याबसायीक रुपमा खेती गराउन कार्यक्रम गरी कुषकलाई अभिप्रेरित गराएकाछांै । हामीले कुन ठाँउमा कस्तो सम्भावन रहेको छ ? कुन ठाँउमा खेति गर्दा राम्रो हुन्छ भन्नको लागि प्रदेशको कृषिज्ञान केन्द्रसंग मिलेर काम गरिरहको छाँँ।
कृषक माझ पेशाप्रतिकस्तो धरणा कस्तो पाउनु भएको छ ?
अहिलेको अवस्था कस्तो रहेको भने कृषकहरु व्याबसायीक बन्नको लागि अग्रसर हरको देखिन्छ । जस्तो निवार्हमुखी खेतिगर्दा नहुने रहेछ अब व्याबसायीक बन्नु पर्ने भन्ने धारणको विकास भएको छ । केही कृषकहरुले व्यावसायहरु पनि सुरु गरी सक्नु भएको छ । तर कृषहरुले व्याबसायीक बन्नको लागि नेपाल सरकार, स्थानिय सरकार तथा अन्य संघ सस्था बाट पाउनुपर्ने सेवा सुविधाहरु लिन नजानि रहेको हो जस्तो लाग्छ ।
कृषकहरु बजारको पहुँचमा किन छैनन ?
हामीले कृषकहरुको लागि हामी प्रयासरत रहेका छाँ। हामी कृषकहरुलाई बजारको व्याबस्था गर्न निरन्तर प्रयासरत रहेका छौं । हामी कृषकले उत्पादान गरेको विभिन्न बस्तुहरु बजार व्याबस्थापन गर्न लागिरहेका छाँै । तथा हामी विभिन्न सरकारी निकाय संग छलफलरत रहेका छांै ।
कृषकले लिने कर्जाको बारेमा के भन्नु हुन्छ ?
कृषकलाई दिने कुरामा बैंक तथा वितिय संस्थाहरुबाट कर्जाको पक्षमा केही सुधार भएको छ । बैंक बाटकर्जा धेरै व्यावसाहिहरुले लिएका छन तर कृषकहरुले जुन रुपले कर्जा पाउनुपर्ने हो त्यो संभव भएको छैन । अबको केही समय पछि हामी यो प्रकृयालाई सहज बनाउने तयारीमा रहेका छाँै । विभिन्न वितिय संस्थाहरुले कर्जा गाँउगाँउबाट दिने गरेका छन तर यस्तो प्रकृयामा केहि बडी व्याज तथा फिर्ता गर्ने समय पनि कम भएको पाईयो ।
स्थानीय सरकारको अवको प्राथमिकता के हुनुपर्छ ?
हामीले कृषक महासंघ मार्फत प्रत्येक पालिका पालिकामा गठन गरेका छाँै । प्रत्येक पालिकामा स्थानिय सरकारसंग ४९ बटा बुद्धा राखेर स्थानिय तहामा कृषि नीति तयार गर्न आग्रहपनि गरेका छाँै । हामीले यि कुराहरुलाई समाबेस गरेर अगाडी बड्यौ । कृषि पहिलो सर्त हो ।

    Comment Here!