BSC FM live


अबराेधका बिच जिल्ला प्रशासनमा पत्रकारको प्रदर्शन

प्रकाशित मिति :2019-05-16 07:54:00

पाँचथर, ०२ जेठ
संसदमा पेस भएको मिडिया काउन्सिल बिधयेको बिरोधमा प्रदर्शन गरिरहेका पत्रकारहरुले जिल्ला प्रसासन कार्यालय पाँचथरमा दमनका बिच कार्यक्रम पुरा गरेका छन ।
नेपाल प्रेस युनियन जिल्ला शाखा पाँचथरको अगुवाइमा धर्ना दिन जिल्ला प्रशासन कार्यालय परिसरमा पुगेका पत्रकारलाई प्रहरीले अवरोध गरेको थियो । प्रहरीले प्रसासन कार्यालय परिषरमा रहेका पत्रकारलाई कार्यालय नजिक जान रोक लगाएको थियो ।
माथिको आदेश भन्दै पत्रकारलाई रोक लगाइएपछि कार्यालय परिषरमै कोणसभाको आयोजना भएको थियो ।
घेरा बनाएर बसेका प्रहरी अघिल्तीर आयोजित कोण सभालाई नेपाल पत्रकार महासंघका प्रदेश सदस्यहरु विपेन्द्र गौतम, गणेश साम्पाङ, जिल्ला अध्यक्ष लवदेव ढुंगानाले सम्वोधन गरेका थिए ।
सम्वोधन गर्दै बक्ताहरुले दुई तिहाइको दम्भमा सरकारले पत्रकार संसदमा पश गरेको मिडिया काउन्सिल विधेयक फिर्ता नगर्दासम्म आन्दोलन नरोकिने चेतावनी दिए । प्रहरी लगाएर पत्रकारलाई दमन गर्न खोज्नुले सरकार र प्रशासनको अलोकतान्त्रिक चरित्र झल्किएको पनि वक्ताहरुको भनाइ थियो ।
पत्रकारले बिधेयक फिर्ता नहुन्जेल सम्म आन्दोलन जारी रहने बताएका छन । यसैबिच बुधवार देशभरका पत्रकारहरुले हातमा कालो पट्टी बाँधेर काम गरेका थिए ।

    Comment Here!