BSC FM live


मिक्लाजोङ २ मा एक पछि अर्को घोषणा

प्रकाशित मिति :2019-05-15 07:47:58

टुडे संवाददाता/ पाँचथर, ०१ जेठ
पाँचथर जिल्लाको मिक्लाजोङ गाउँपालिकाको वडा नम्बर २ सराङडाडालाई पुर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा गरिएको छ । सआहारा दोस्रो कार्यक्रम सहित वडाले सरसफाईका क्षेत्रमा गरेको उल्लेखनिय प्रगतिलाई मापन गर्दै त्यो वडालाई पुर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो ।
जिल्लाका अन्य क्षेत्र भन्दा त्यो वडा घोषणाको हिसावले अगाडी छ । पछिल्लो पटक भएको पुर्ण सरसफाइ उन्मुख वडा घोषणा संगै त्यहा आधा दर्जन घोषणा गरिएको छ । यस अघि सोही वडालाई बिद्यालय शान्ति क्षेत्र, खुल्ला दिशा मुक्त, पुर्ण खोप युक्त, घरभित्रको धुँवा रहित वडा लगायतका घोषणा भइसकेका छन ।
यो उदाहरण मात्रै हो । मिक्लाजोङ २ जस्तै जिल्लाका कतिपय वडाहरु छन जस्मा घोषणा धेरै भएका छन तर काम हुन सकिरहेको छैन । प्रतिश्पर्धाका लागि घोषणा मात्रैगरिदिने परिपाठीका कारण समस्या भएको हो ।
२०७० पछि घोषणाको क्रम सुरु भएको हो । सबै भन्दा पहिला खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको हो । जिल्ला नै खुल्ला दिशा मुक्त क्षेत्रका रुपमा घोषणा गरिएको छ । त्यस बाहेक वडा नम्बर २ मा मात्रै बालमैत्री वडा, पुर्ण खोप, पुर्ण सरसफाई लगायतका घोषणा गरिएको छ ।
जिल्ला भर नै यसरी घोषणा भएका छन । पुनरसंरचना अघि केही गाबिसमा जिल्ल भर भन्दा छुट्टै पनि केही घोषणा भएका छन । तर घोषणा अनुसारको काम भने भएको छैन । जिल्लामा घोषणा भएको मध्ये सबैभन्दा कमजोर घोषणा भनिएको पुर्ण साक्षर जिल्ला घोषणा हो । घोषणाको बर्षौै पछि पनि यहाँका धेरै नागरिकले लेखपढ गर्न सक्दैनन । सामान्य हस्ताक्षर सम्म गर्न उनीहरुलाई समस्या छ ।
हतारमा गरिने घोषणाले अभियानको सकारात्मक पक्षमा नै असर गर्ने गरेको जानकारहरु बताउँछन । कति त घोषणा मात्रै भए प्रभावकारी भएनन । सामाजिक अभियन्ता बालकृष्ण ओझाले भने–जस्तो भए पनि घोषणा गर्दिने परिपाठीका कारण पछिल्ला घोषणालाई समस्या हुने गरेको छ । यस्तो अवस्थामा राम्रै काम गर्ने निकायले पनि आलोचना खेप्नु परेको छ ।

    Comment Here!