BSC FM live


खुट्टाबाट रगत बगिरहँदा पनि निरन्तर ब्याटिङ

प्रकाशित मिति :2019-05-14 11:30:55

३१ बैशाख ,-इन्डियन प्रिमियर लिग (आईपीएल) मा आईतबार राती सम्पन्न फाईनल खेलमा चेन्नई सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बई इन्डियन्सले उपाधि जितेको थियो ।

१ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १ सय ४८ रन बनाएपछि झिनो अन्तरले उपाधि जित्न चुक्न पुग्यो । चेन्नईका लागि ओपनर शेन वाटशनले ८० रन बटुलेपनि टोलीको हार टार्न सकेनन् ।

वाटशन देब्रे (बाँया) खुट्टामा चोट लागेर रगत बगि रहँदा पनि ब्याटिङ गरि हेको खुलसा भएको छ । मैदानमा हुन सम्म उनले यो कुरा टिम र साथी कसैलाई पनि थाहा दिएका थिएनन् । निरन्तर ब्याटिङ गरिरहे । जब वाटशन अन्तिम ओभरको चौथो बलमा रन आउट भएर पेभिलिएन फर्के बल्ल थाहा भयो की उनको खुट्टामा ठूलो चोट पो लागेको रहेछ । जुन खुट्टामा अहिले ६ ओटा टाँका लागाईएको भारतीय मिडियाहरुले बताएका छन् । तर वाटशनको कति ओभरमा र के कारणले चोट लाग्न पुग्यो भन्ने खुल्न सकेको छैन ।

वाटशन टोलीको जितको लागि ठूलो चोटका बाबजुद मैदानमा अन्तिम समय सम्म संघर्ष गरि रहे । उनले खुट्टाको चोटको कुनै प्रवाह नगरि आफ्नो सबै ध्यान चेन्नईलाई उपाधि दिलाउन केन्द्रीत राखे । घाईते भएपछि पनि उनि मैदान छाडेर पेभिलिएन फर्किएनन् । वाटशनले ब्याटिङ गरि रहे ।

महेन्द्र सिंह धोनी, फाफ डु प्लेसिस, सुरेश रैना र आम्बाती रायडु सस्तैमा आउट भएको अवस्थामा चेन्नईको अन्तिम आसा र भरोसा पनि वाटशनमाथिनै थियो । जसको कारण उनले खुट्टाको चोटलाई व्यवास्ता गर्दै ब्याटिङ गरेका हुनसक्छन् । रगतले उनको टाउजरनै भिजि रहेको थियो । जुन तस्विरमा प्रष्ट देखिन्छ ।

तर दुभाग्र्यनै भन्नुपर्छ । अन्तिम ओभरको चौथो बलमा वाटशन ५९ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ८० रन आउट भए । उनी रन आउट भएपछि चेन्नई उपाधि जित्नबाट चुकेको थियो । चेन्नईलाई उपाधि जिताउन असफल भए पनि उनको त्यो हिम्मत,लगाव र क्रिकेट प्रतिको त्यागलाई जति शब्दले बयान गरेपनि कमिनै हुने छ । जसको कारण उनले उपाधि जिताउन नसके पनि समर्थक र शुभ चिन्तकको भने मन जित्न सफल भएका छन् ।

hamro khilkud

    Comment Here!