BSC FM live


फिदिममा ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’

प्रकाशित मिति :2019-05-14 08:01:29

पाँचथर, ३१ बैशाख
सोल्टीसाब !
बैँस पनि सकिजाने पैसा जस्तो रहेछ
आउछु पनि नभनि तपाईको सम्झना आयो
त्यही सम्झनामा अल्झिएर
रात छर्लैङगै पारे अनिदो बसेर
कस्सम,
हजुरकै सम्झनामा विताए रात
नेपाली कविता क्षेत्रमा बेग्लै पहिचान बनाएकि कवि विमला तुम्खेवाले यो कविता बाचन गर्दै फिदिममा साहित्यकार र सहित्यमा रुचि भएकाले बेजोडले ताली बजाए । कवि विमलाको चथौँ कविता सग्रह ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ नामक कृतिको सोमवार फिदिममा चर्चा गरीएको थियो ।
संग्रहमा समेटिएका कविताका बारे समिक्षात्मक टिप्पणी तथा रचना बाचन भएको हो । कविहरुको उपस्थीति तथा साथलाई उनले धन्यावद ज्ञापन गर्दै आगामि दिनमा कवितालाई थप अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरीन । कार्यक्रममा उनका कृतिमा समेटिएका कविताका पक्षकाबारेमा समिक्षकहरुले टिप्पणी गरेका थिए ।
प्रेम ओझा, लक्ष्मी ढुंगाना र सगुन सुसाराले समिक्षात्मक टिप्पणी राखेका थिए । प्रेम, समाजिक विषयवस्तुन, सौन्दर्यको चिन्तन लगायतका विभिन्न विषयहरु कवितमा समेटिएको समिक्षकहरुको भनाई थियो । कविता संग्रहमा ४७ वटा कविता समेटिएका छन् ।

    Comment Here!