BSC FM live


७० जनालाई छात्रबृत्ति वितरण

प्रकाशित मिति :2019-05-14 07:47:38

टुडे संवाददाता/ ताप्लेजुङ, ३१ बैशाख
ताप्लेजुङ समाज नेपालले पाथीभरा बहुमुखी क्याम्पस र सिनाम क्याम्पसका स्तनातक तहका ७० जना बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । पाथीभराका ५० र सिनामका २० जनालाई विद्यार्थीको बार्षिक शुल्क र भर्ना शुल्क बापतको रकम प्रदान गरिएको हो ।
समाजका सदस्यहरुले व्यत्तिगत रुपमा पैसा संकलन गरेर गृहि जिल्लामा अध्ययनरत विद्यार्थीको उच्च शिक्षामा सहयोग गरेका हुन् । आईतवार बिहान पाथीभरा र सोमबार बिहान सिनाम बहुमुखी क्याम्पसमा एक कार्यक्रमका बिच जनही ९ हजार ५५० रुपैंयाका दरले रकम हस्तान्तरण गरिएको समाजका उपाध्यक्ष युवराज गुरुङले बताए । स्नातक तह पूरा गर्ने गरी बार्षिक रुपमा छात्रबृत्ति दिने योजना संस्थाको रहेको गुरुङले जानकारी दिए ।
समाजद्धारा स्थापित छात्रबृति कार्यदल संयोजक इन्द्र शेर्पाले विद्यार्थीलाई गरिबीकै कारण पढाई बिचमै छाड्नुपर्ने बाध्यता नहोस् भनेर सहयोग गरेको बताए । ‘उहिले रकमको अभावले उसिनेका आलुमा कापीका पन्ना साटेर पढेर अध्ययन गर्नुपर्ने अवस्था थियो,’ शेर्पाले भने, ‘अबका नानीहरुले त्यस्तो अवस्थाको सामना गर्न नपरास् भन्ने हाम्रो चाहाना हो ।’
संस्थामा आबद्ध मध्ये एकले कम्तिमा १ जना र बढीमा ५ जना सम्मको छात्रबृत्ति रकम ब्यहोरेर सहयोग गरेको महासचिव अग्नी पौडेलले बताए । समाजका अध्यक्ष तत्कालीन संबिधानसभाका सदस्य पासाङ शेर्पा लगायतको कार्यक्रममा सहभागिता थियो ।
क्याम्पसमा अध्ययनरतमध्ये जेहेनदार, अनुशासित, बिपन्न र टाढाको गाउँबाट सदरमुकाममा आएर अध्ययन गरिरहेकालाई छनौट गरिएको समाजका अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फेले बताए ।

    Comment Here!