BSC FM live


गजल

प्रकाशित मिति :2019-05-04 05:37:45


अनिल तिखत्री

तिमी गयौ म त केवल आउने बाटो हेरिरहें
जहाँ पाइला टेक्यौ तिमीले त्यही माटो हेरिरहें

छुरा हानी गयौ मेरो कोमल मनको किनारमा
देब्रे छाती भित्र पट्टी यो घाउको खाटो हेरिरहें

अर्को जन्म लिई आउला तिमीलाई माया गर्न
यो जनममा तिम्रो तस्बिर तिम्रै साटो हेरिरहें

माया गर्यौ घृणा गर्यौ एक्लो बनाई छोडी गयौ
टुक्रिएको यो भाग्य खोज्दै अर्को पाटो हेरिरहें

रात रोएछ शीत झारी मेरो छाती भिजाएर
केवल आँसु बग्दै बन्ने हजार टाटो हेरिरहें

    Comment Here!