BSC FM live


यु–१६ क्रिकेटमा नेपालको लगातार दोस्रो जित, मलेसिया ३९ रनले पराजित

प्रकाशित मिति :2019-04-24 12:01:07

यु–१६ क्रिकेटमा नेपालको लगातार दोस्रो जित, मलेसिया ३९ रनले पराजित

११ बैशाख,- थाइल्यान्डमा जारी एसीसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।बुधबार थाइल्यान्डको चियाङमाइमा भएको खेलमा मलेसियालाई ३९ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।नेपालले दिएको १४२ रनको चुनौती पछ्याएको मलेसियाले ३३ ओभर २ बलमा अलआउट हुनुपूर्व १०२ रनमात्र बनाउन सक्यो ।मलेसियाका लागि सार्भिन सुरेद्रनले अविजित रहँदै सर्वाधिक ४६ रन जोडे । यस्तै, अमहेद अस्यार्फले १७, किशन कुमारले ११ रनको योगदान गरे ।नेपालका रमेश कुर्मी, तिलकराज भण्डारी र प्रशान्त महतले समान २/२ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३४ ओभर ५ बलमा अलआउट हुनुपूर्व १४१ रन बनाएको थियो ।नेपालका लागि आशिष भट्टराईले सर्वाधिक ३४ तथा विशालविक्रम केसीले २८ रन बनाए । यस्तै, दीपक बोहरा र अर्जुन कुमालले समान १६/१६ रन जोड्दा सुवास ऐरले ११ रन बनाए ।जितसँगै समूह ‘ए’मा रहेको नेपालले २ खेलबाट ४ अंक जोडेको छ । यो जितसँगै नेपाल सेमिफाइनलनजिक पुगेको छ ।

imagekhabar

    Comment Here!