BSC FM live


यस्ताे थियाे चाैरी महाेत्सव (भिडियाे सहित )

प्रकाशित मिति :2019-04-16 16:49:52

चौरीको संरक्षण, पर्यटनको विकासको प्रतिवद्धता सहित पाँचथरको उत्तरी फालेलुङ गाँउपालिकाको चाररातेमा तेश्रो चारी महोत्सव सम्पन्न भएको छ । समुद्र सतहदेखि ३ हजार ३ सय ४० मीटरको उचाईको चाररातेमा चौरी महोत्सव सम्पन्न भएको छ ।
यो नेपाल भारतको सिमानमा पर्छ । चौरी पाल्ने परम्परा घट्दै गएकाले यसलाई उजागर गर्दै पर्यटन प्रवद्र्धन गर्नकालागि भन्दै महोत्सव आयोजना भएको थियो । महोत्सवमा पाँचथर ताप्लेजुङ विभिन्न ठाँउबाट चौरी ल्याइएका थिए । चौरीजन्य प्रर्दशन, लेकाली पर्यटकिय क्षेत्रको अवलोकन भ्रमण, सास्कृतिक कार्यक्रम लगायतका कार्यक्रम महोत्सवमा सम्पन्न भए । यस प्रकारका महोत्सवले चौरीलगायका पशुपालको प्रवद्र्धका साथै पर्यटनमा महत्वपूर्ण भुमिका खेल्न औल्याइएको छ ।

महोत्सवको १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि इन्द्रबहादुर आङ्बो उद्घाटन गरे । चौरीको विकासका लागि प्रदेशले सहयोग गर्ने आङ्बोले बताए । ‘प्रदेश सरकारले चौरी सरक्षणमा १५ लाख रुपैँया यो बर्ष छुट्याएको थियो । पशुपालनलाई प्रवद्र्धन गर्दै पर्यटनसँग जोड्न यस्ता महोत्सव सहयोगी हुन्छ’ उनले भने ‘पर्यटनसँग चौरी परम्परालाइ जोडेर लैजानु आवश्यक छ । ’ फालेलुङ गाँउपालिकाकाले आयोजना गरेको महोत्सवमा प्रतिकुल मौसमका विच उलेख्य सहभागिता थियो । महोत्सवमा नेपालका विभिन्न क्षेत्र तथा भारतबाट पर्यटकहरु आएका थिए । महोत्सवमा पाउनाको रुपमा चिन र भुटानबाट पनि सहभागि थिए । एसियामा पहिलो पल्ट र नेपालमा एकमात्र ठाँउमा यो महोत्सव हुन्छ । परम्परागत गोठ राख्ने तथा चौरी पाल्ने परम्पराको प्रवद्र्धन, जैविक विविधताको सरक्षण, पर्यटनको प्रवद्र्धनका लागि भन्दै नेपाल भारतको सिमाना चाररातेमा महोत्सव भएको हो । कार्यक्रमम पूर्व सासद भिष्मराज आङदेम्बेले चौरी सरक्षण, प्रवद्र्धन, इको टुरीजममा जोड दिनु पर्ने पूर्व सासद भिष्मराज आङेम्बेले बताए । यो महोत्सव तीन बर्ष अगाडीदेखि आयोजना गरीएका हो ।

    Comment Here!